केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्री तामाङ बने एमाले कार्यालय सचिव



काठमाडौं – प्रचण्ड-नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङले सचिव बनेका हुन् । तामाङले आफूले कार्यालय सचिवको जिम्मेवारी पाएको रातोपाटीलाई ।

तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।