मुख्यमन्त्री राईले गरे विराटनगर सिटी फुटबल क्लबको उद्घाटन

विराटनगर – विराटनगर सिटी फुटबल क्लबको विधीवत शुरूवात भएकाे छ । क्लबको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन्।

विराटनगर सिटीले वैशाख ११ बाट हुने नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधित्व गर्दैछ। क्लबले प्रतियोगिताका लागि गत साता अक्सनबाट १४ खेलाडी अनुबन्ध गरिसकेको छ।

मुख्यमन्त्री राईले प्रतियोगितामा क्लबले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले क्लबको स्थापनाले स्थानीय फुटबलको विकासमा पनि सहयोग पुग्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *