नेपाल पूर्व सशस्त्र प्रहरी संघ भन्छ, ‘विस्थापित र घाइतेहरूको सहयोगका लागि एकजुट बनाैं’
काठमाडौं – नेपाल पूर्व सशस्त्र प्रहरी संघले रसुवा बाढी घटनाबाट संघ परिवार स्तब्ध भएको जनाउँदै विस्थापित र घाइतेहरुको सहयोगका लागि सबै एकजुट हुन आग्रह गरेको छ ।
संघका अध्यक्ष अवकाशप्राप्त एआईजी नारायणबाबु थापाद्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत् प्राकृतिक विपद्को कठीन घढीमा बाढीमा आप्mनो ज्यानको परवाह नगरी अहोरात्र उद्धारकार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय उद्धारकर्ताको प्रशंसा गर्दै घटनामा धेरै नागरिकहरुको सकुशल उद्धार गर्न सफलता मिलोस् समेत भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि बाढीको त्रास पूर्ण रुपमा हटि नसकेको हुँदा जोखिम क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुलाई सुरक्षित स्थानमा स्थानात्रण हुन हार्दिक अनुरोध गर्दछौं, साथै संकटको यस घडीमा विस्थापित नागरिकहरुको तत्काल राहत, सुरक्षित बासस्थान, खाद्यान्न र स्वास्थ्य उपचारका लागि एकजुट भई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आबद्ध संघ संस्थाहरुमा हार्दिक अपिल गर्दछौं,’ भनिएको छ ।
