नेपाल प्रहरीका चौधरी भए डिआईजी बढुवाका लागि सिफारिस (सिफारिससहित)
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक तर्फका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) ई.राम कुमार चौधरीलाई प्रहरी नायब महानिरिक्षक (डिआईजी) मा बढुवा सिफारिस गरिएको छ ।
गृहमन्त्रालयका अनुसार बढुवा समितिको निर्णयअनुसार इन्जिनियरिङ उपसमूहका भौतिकतर्फका एसएसपी चौधरीलाई डिआईजी बढुवा सिफारिस गरिएको हो ।

