‘डियर हर्क ! तिमीले जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ’
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सामाजिक सञ्जालमार्फत् ‘यू आर माई ट्रु लभ’ भन्दै मायाँ साँचो भएको उल्लेख गरेका छन् ।
हर्क साम्पाङले बालेनविरुद्ध लगातार सामाजिक सञ्जालमा स्टाटस लेखेपछि मेयर बालेनको पनि स्टाटस आएको हो ।
साम्पाङले प्रधानमन्त्रीका लागि बालेनको सहयोग मागिरहेका बेला बालेनले कुनै प्रतिक्रिया नदिएपछि हर्कले आक्रोशित हुँदै सामाजिक सञ्जालमा तुच्छ शब्दले गाली गलौचमा उत्रिएका थिए । उनले स्टाटसमा बालेन नलेखे पनि उनको आक्रोश र लेखाईले बालेनलक्षित थियो भनेर बुझ्न सकिन्छ ।
त्यसैको प्रतिउत्तरस्वरुप मेयर बालेनले अहिले स्टाटस लेखेको हुनसक्छ । साम्पाङले पहिला प्रधानमन्त्री र त्यसपछि गृहमन्त्री माग गरेको जनाइए पनि खानेपानी मन्त्रालयको अफर पाएको भन्दै स्टाटस लेखेका थिए ।
बालेन लेख्छन्, डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love.
