प्रहरी महानिरीक्षक खापुङद्वारा पदबहाली
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले बिहीबार पदबहाली गरेका छन् ।
दर्ज्यानी चिन्हबाट सुशोभित भएपछि आईजिपी खापुङले नेपाल प्रहरी प्रधान कार्यालय स्थित कार्यकक्षमा पदबहाली गरेका छन् । उनी हेडक्वार्टर प्रवेश गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले स्वागत गरेका थिए ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
