घट्यो पेट्रोलियमको मूल्य, कुनको कति पुग्यो ? (मूल्यसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएकाे हो ।

सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।

पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ ।

त्यस्तै एल. पि. ग्यासको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

pp

Leave a Reply

Your email address will not be published. Required fields are marked *