ड्युटी जान निस्कँदै गर्दा ढले असई भुजेल, उपचारकै क्रममा निधन

ताप्लेजुङ। यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल बेहोस भई ढलेका थिए । उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको डिएसपी गौतमले जानकारी दिए ।

४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ । उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *