प्रहरी हवल्दार पटेलको क्यान्सरबाट मृत्यु
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत एक कर्मचारीको क्यान्सरका कारण निधन भएको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ८ घर भई हाल नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत बैजु पटेलको क्यान्सरबाट अस्पतालमा निधन भएको हो ।
नेपाल प्रहरीमा कार्यरत रहेकै अवस्थामा क्यान्सर देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकोमा उनको क्यान्सरकै कारण अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
