नवलपुरमा चक्कुले घाँटी रेटी श्रीमानले गरे श्रीमतीको हत्या

नवलपुर । पूर्वी नवलपुरको विनयी त्रिवेणीमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विवादका कारण श्रीमान श्रीमतीबीच विवाद हुँदा धारिलो हतियार प्रहार गरी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ उदयटारी निवासी ५० बर्षीय महेन्द्र पौडेलले आफ्नै श्रीमती ४७ बर्षीया गोमा पौडेलको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज विहान साढे १० बजेतिर उनले तरकारी काट्ने चक्कुले श्रीमतीको घाँटी रेटी हत्या गरेका हुन् ।

हत्यामा सम्लग्न श्रीमान् महेन्द्र पौडेललाई चक्कुसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

घटना स्थल अस्थायी प्रहरी चौकी सर्दीबाट २ कि.मी.पुर्वमा पर्दछ । घटना बारे थप अनुसन्धान भईरहेका कारण हत्याको यथार्थ कारण खुल्न बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

मृतक गोमा ग्रीन फाउण्डेशन नेपाल नवलपुरकी जिल्ला उपाध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *