२.६८ किमिको सुरुङमार्ग छिरेकै ६ सय !
काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको प्रयोगको दस्तुर निर्धारण गरेको छ ।
नागढुंगाबाट दहचोकसम्म २.६८ किलोमिटर लामो सुरुङमार्गको निर्माण अन्तिम चरणमा रहेको छ । यसैबीच मन्त्रीपरिषद् बैठकले नेपालकै पहिलो सुरुङमार्गको रुपमा लिइएको नागढुंगा–दहचोक सुरुङ मार्ग प्रयोग गरेबापत उपभोक्ताले तिर्नुपर्ने दस्तुर निर्धारण गरेको छ ।
मन्त्रीपरिषद्को निर्णयअनुसार सो सुरुङमार्ग प्रयोग गरेबापत कार/भ्यानहरुले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ भने मिनी बस/ट्रकले काठमाडौंतर्फ आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ ।
त्यस्तै बस ट्रकले काठमाडौं आउँदा २६० र फर्कँदा २०० तिर्नुपर्ने निर्णय भएको छ भने भारी उपकरणको सवारी साधनले काठमाडौं आउँदा ६०० र फर्कँदा २५० रुपैयाँ तिर्नुपर्ने निर्णय गरेको छ ।
उक्त सुरुङ मार्गमा मोटरसाइकल चालकले भने प्रवेश नपाउने जनाइएको छ ।
