‘ब्वाईफ्रेन्ड’को घरमा गएकी एक किशोरीको रहस्यमयी मृत्यु
काठमाडौं । ब्वाईफ्रेन्डको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोझेपोखरी बस्ने केटा साथीको घरमा बुधबार दिउँसो गएकी किशोरी बेहोस् भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । मृतक किशोरी र किशोर दुवै जना १८ वर्षकै रहेको प्रहरीले बताएको छ ।
उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।
अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
