रुपन्देहीमा एसपी क्षेत्रीको ९० दिनः  घट्दो तस्करी, बढ्दो शान्ति सुरक्षा !

रुपन्देही । नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले यतिबेला रुपन्देही जिल्ला प्रमुखको रुपमा कमाण्ड गरेको आज दिनका हिसाबले ९० दिन अर्थात् ३ महिना पुगेको छ । वैशाख १५ गते भएको सरुवाबाट रुपन्देही प्रहरीको कमाण्ड क्षेत्रीले लिएसँगै रुपन्देहीको शान्ति सुरक्षामा व्यापक परिवर्तन देखिएको छ ।

विशेष गरी भारतीय सीमा, भैरहवा भन्सारका कारण चोरी पैठारी र आपराधिक घटनाहरु बढी सुनिने रुपन्देहीमा पछिल्ला केही महिनादेखि त्यस किसिमको घटना घट्दै आइरहेको छ । बरियताको नम्बर १ डिएसपीका रुपमा रहँदा २०८० चैत १५ को बढुवामा क्षेत्रीलाई तत्कालिन गृहमन्त्री रवि लामिछानेले बञ्चित गरे पनि २०८१ जेठको बढुवामा एसपी भएका क्षेत्रीले यही वैशाखदेखि रुपन्देहीको कमाण्ड सम्हालेका हुन् ।

संयोगले उनै तत्कालिन गृहमन्त्री रवि लामिछाने सहकारी ठगीका कारण भैरहवा कारागारमा थुनामा रहेका बेला क्षेत्री सोही जिल्लाको प्रहरी प्रमुख बनेर रुपन्देही पुगेका छन् ।

संगठनमा रहेका बखत उत्कृष्ट कार्यसम्पादनका कारण पटकपटक पुरस्कृत हुँदै आएका क्षेत्रीको पछिल्लो कमाण्ड पनि उत्कृष्ट देखिएको रुपन्देहीका स्थानीयहरुले आभाष गर्ने अवसर पाएको बताउँछन् ।

एसपीका लागि चुनौतीको जिल्ला मानिएको रुपन्देहीको कमाण्ड गर्नासाथ क्षेत्रीले अपराध नियन्त्रण र शान्ति तथा अमनचयन कायम गर्नका लागि विभिन्न उपायहरु अपनाउन थालेको पाइएको छ । उनी साधारण भेषमा नै निस्किएर सर्वसाधारणसँग भलाकुसारी गर्दै प्रहरीको दायित्व, कर्तव्यका साथै कतिपय आपराधिक घटनाहरुका बारेमा अनुन्धानमा आफैं खटिने गरेको पाइएको छ ।

नियमित कार्यालयसमय भन्दा बाहिरको समयमा उनी कहिलेकाहिँ मातहतका युनिटमा पुगेका हुन्छन् । मातहतका युनिटलाई हौसला दिन उनी कहिले गम्छा बाँधेर र त कहिले सामान्य कुर्ता लगाएर पुग्ने गरेका छन् । जिल्लाको कमाण्ड गरिसकेपछि जिल्लाभित्रका हरेक युनिटहरुमा पुग्नुपर्ने मान्यता राख्ने क्षेत्रीको कार्यशैलीले जिल्लामा तस्करी गर्नेहरुमाथि अंकुश लागेको छ भने शान्ति सुरक्षा पनि थप मजबुत बनेको छ ।

क्षेत्री रुपन्देही पुगेपछिको २ महिनामा ५ करोड ३६ लाख ६० हजार बढीका अवैध सामान बरामद हुनुलाई क्षेत्रीको कार्यशैलीको नतिजा मान्न सकिन्छ । त्यसका साथै तस्किरमा संलग्न ७६ जना पक्राउ परिसकेको पनि जनाइएको छ ।

सर्वसाधारणलाई विश्वासमा लिएर काम गर्न सकेमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सकिन्छ भन्नेमा विश्वस्त रहने क्षेत्रीको यस किसिमको कार्यबाट तस्करहरुसँग मिलेर आचरणविपरितका संलग्न रहने कतिपय प्रहरी कर्मचारीहरु कारबाहीमा परेका छन् । जिल्लाको आकर्षक मानिने पिपरहवा, गल्लमण्डि, मेउडिहवा, कालिदह, रमवापुर, चनौली बगाहा, मउडिहवालगायतका चौकीका इन्चार्जलाई कारबाही स्वरुप जिल्ला तानिएको समेत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *