सशस्त्र इन्स्पेक्टरको लिखितको रिजल्ट निस्क्यो, को–को भए पास ? (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरीको प्रहरी निरिक्षक (इन्स्पेक्टर) को लिखितको नतिजा प्रकाशित भएको छ ।
लोकसेवा आयोगले सशस्त्र प्रहरीका लागि आवश्यक ६९ पदका लागि लिएको लिखित परिक्षामा ७२ जनाले नाम निकालेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०१/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ इन्स्पेक्टरको लिखित परिक्षा यही जेठ १२, १३ र १४ गते भएको थियो । परिक्षामा २४० जना सहभागी भएकोमा ७२ जनाले नाम निकालेका हुन् ।



