सशस्त्र डीआईजीमा थापालाई बढुवा गर्न सिफारिस
काठमाडाैं – सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।
थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्।
यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्।
