‘कान्छाराम’ले रसुवागढीका बाढीपीडितलाई तीन महिनाको तलब दिने

काठमाडौं । विपतिमा परेकाहरुलाई राहत दिनका लागि पूर्व जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले आफ्नो तीन महिनाको तलब दिने घोषणा गरेका छन् ।

मंगलबार रसुवागढीमा आएको बाढीबाट पीडितलाई राहत दिने उद्देश्यले सांसद लामाले प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा उक्त घोषणा गरेका हुन् ।

लामाले रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि तीन महिनाको तलबभत्ता राहत कोषमा दिनका लागि प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको जनाएका छन् ।

लामाले तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाइसकेको जनाएका छन् ।

नेपाली कांग्रेसका सांसद तामाङ यसरी तलबभत्ता राहत कोषमा जम्मा गर्ने पहिलो सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *