ज्वाईंले गरे श्रीमती र सासु–ससुरासहित चार जनाको हत्या

भोजपुर । जिल्लाको रामप्रसादराई गाँउपालिका–२ को धोद्लेखानिको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ।

भोजपुर नगरपालिका–२ हेलौैछा घर भएका ज्वाई राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर दीपक श्रेष्ठले जानकारी दिए।

मृत्यु हुनेमा वेदनाथ गिरी, निजकी श्रीमती, मनिषा गिरी र सपन गिरी रहेको उनको भनाइ छ।

गम्भीर घाइते राजेन्द्रलाई उपचारका लागि भोजपुर ल्याइँदै गरिएको श्रेष्ठको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *