

सई खड्का बने ‘बेस्ट पुलिस अफ द मन्थ’

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब निरीक्षक (सई) राजनबहादुर खड्का वैशाख महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएका छन् ।
कार्यालयको मातहतमा रही अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेका प्रहरीलाई हरेक महिना ‘बेस्ट पुलिस अफ द मन्थ’को अवार्ड प्रदान गर्दै आइरहेको छ ।
कार्यालयको ६ नम्बर पिलर (इन्टलिजेन्स पिलर) मा कार्यरत खड्काले पछिल्लो समय अपराध अनुसन्धान कार्यालयले गर्दै आएका भ्रष्टाचारलगायतका आपराधिक कार्यहरुको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।