असई कटुवालले गुमाए आफ्नै घरको छतबाट खसेर ज्यान

काठमाडौं । इटहरीमा घरको छतबाट खसेर नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

घर बिदामा रहेका ४५ वर्षीय प्रेम कटवाल इटहरी उपमहानगरपालिका–२० स्थित निर्माणाधीन आफ्नै घरको छतमा पानी हाल्ने क्रममा खस्दा गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

उनी जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार असई कटवाल बिदामा घर आएका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *