एउटै बाबुका ५ सन्तानः २ डिएसपी, एक इन्स्पेक्टर बाँकी इन्जिनियर र डाक्टर !



काठमाडौं । अछामको रामारोसन गाउँपालिका–४ का न्यौपाने परिवार अहिले चर्चाको शिखरमा पुगेको छ । ४४ वर्ष शिक्षण पेसामा रहेका  देवानन्द न्यौपानेले अहिले आफ्ना  सन्तानका कारण थप गौरव गर्ने अवसर पाएका छन् ।

लामोसमयसम्म शिक्षण पेसामा रहेका देवानन्द र पारु न्यौपानेका ५ सन्तानमध्ये पाँचै जना लोभलाग्दो पेशामा रहेका छन् ।

उनीहरुका जेठा, माइला र कान्छा छोरा नेपाल प्रहरीमा कार्यरत छन् भने साईला छोरा इन्जिनियर छन् भने छोरी डाक्टर छिन् ।

देवानन्द र पारुसका जेठा छोरा सिद्धराज न्यौपाने र माइला केशर कुमार न्यौपाने नेपाल प्रहरीको प्रहरी नायब उपरिक्षक (डिएसपी) रहेका छन् भने कान्छा छोरा मुकेश पनि प्रहरीकै इन्स्पेक्टरमा कार्यरत रहेका छन् ।

त्यस्तै साईंला छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर रहँदा छोरी कविता डाक्टर रहेकी छिन् ।

जेठा छोरा सिद्धराज हाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सुरक्षा अधिकृत (पीएसओ) उनी २०६३ सालमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका थिए। उनी २०७४ मा डिएसपी भएका थिए ।

अब चाँडै प्रहरी उपरिक्षकमा बढुवाको लाइनमा रहेका उनी संगठनभित्र एक कुशल अधिकारीका रूपमा परिचित छन्।

त्यस्तै माइलो छोरा केशरले अहिले सल्यान जिल्लाको कमाण्ड  गरिरहेका छन् । २०७० मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका उनी २०८० सालमा डिएसपीमा बढुवा भए।

त्यस्तै कान्छा छोरा मुकेश न्यौपानेले २०७६ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गर्दै हाल रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन्।

त्यस्तै साइँला छोरा साइँलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन् भने छोरी कविता न्यौपाने चिकित्सक छिन् र अहिले दार्चुला अस्पतालमा कार्यरत छिन्।

न्यौपाने परिवार अहिले अछामबाट कैलालीको जानकी गाउँपालिका अन्तर्गत बन्देवीपुरमा बसोबास गर्दै आएको छ।