

आज प्रहरीले नयाँ आईजिपी पाउँदै, कस्लाई बनाउला मन्त्रिपरिषद्ले नयाँ आईजी?

काठमाडौं । आज नियमित मन्त्रिपरिषद् बैठक बस्दैछ ।
आजको बैठकले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) नियुक्तिको विषयलाई टुंगो लगाउनेछ ।
आजदेखि प्रहरी महानिरीक्षक वसन्त कुँवरको सेवाअवधी पुरा हुने भएकाले नयाँ आइजीपी नियुक्ति बैठकको मुख्य एजेण्डा रहेको छ ।
आजको बैठकले आइजीपी को हुने भन्ने विषय टुंगो लगाउने उच्च स्रोतले जनाएको छ । तर कसलाई आइजीपी बनाउने भन्ने बताइएको छैन ।
हाल नयाँ आइजीपीका लागि एआइजीत्रय दिपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङको नाम चर्चामा रहेको छ । ती ३ मध्ये थापा एक महिना सिनियर रहेको र उनको कार्यसम्पादन पनि राम्रो रहेको हुनाले उनी आइजी हुने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ ।
नेपाल प्रहरीका ३० औं आईजीपी कुँवरसँगै एआईजीहरु टेक प्रसाद राई, दुर्गा सिंह, बुद्धि गुरुङ, कुबेर कडायत र जनक भट्टराई पनि अनिवार्य अवकाशमा जाँदैछन् ।
यसैगरी अवकाश पाउने डिआइजीहरुमा भोला रावल, ध्रुवराज राउत र गणेश चन्द रहेका छन् ।