कुलमानलाई हटाउन कुनै चलखेल गरिएको छैनः उर्जामन्त्री खड्का



तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्।

तनहुँ पुगेका ऊर्जामन्त्री खड्काले सो कुरा बताएका हुन् । उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगर्ने दाबी पनि गरे ।

ऊर्जामन्त्री खड्काले भने,‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ।’

उनले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे। कुलमानलाई भएको मूल्याकंनबारे बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले पनि प्रश्न गरेका छन् ।