सशस्त्रले माग्यो २८ इन्स्पेक्टर, कस-कसले पाउँछन् फर्म भर्न ?



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो । कानुनका लागि कानुनमा स्नातक पास गरेका उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ ।

अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ ।