विश्व शान्तिका लागि नेपाली सेनाकाे भूमिका अग्रणी, ७३ सैनिकले गुमाए मिसनमै ज्यान



काठमाडौं । शान्ति सैनिक पठाउने सूचीमा नेपाल अग्रणी स्थानमा रहेको छ ।

महिला र पुरुष दुवै शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रणी स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सेनाका अनुसार हाल ११ वटा मिसनहरूमा नेपाली सेनाका महिला सैनिक ६४२ सहित कुल ५ हजार ९१३ जना शान्ति सैनिकहरूको सहभागिता छ । यस्तै संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ ।

यस कार्यको दौरान ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको र ६९ जना सैनिकहरू घाइते भई आजीवन असहज जीवनयापन व्यतीत गरिरहेको सेनाले जनाएको छ ।