

प्रहरी चौकीभित्रै झुण्डिएको अवस्थामा फेला परिन् जवान चौधरी

काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
बुधबार २३ वर्षीया महिला प्रहरी जवान निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेकमा गएको प्रहरी अधिकृतहरू बताउँछन् । उनका श्रीमान वैदेशिक रोजगारमा रहेको बताइएको छ ।