सशस्त्र इन्स्पेक्टर यादव भए डिएसपी बढुवाका लागि सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बलको नायब उपरिक्षक (डिएसपी) पदमा एक जनाको बढुवा भएको छ ।

सशस्त्रको प्राविधिक समूहको सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको प्राविधिक डिएसपीमा इन्सपेक्टर वेदप्रकाश यादवलाई बढुवा गर्न सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरीको बढुवा समितिको मंगलबारको निर्णयबाट यादव डिएसपी बढुवाका लागि सिफारिस भएका हुन् ।