१६ वर्षे पेन्सनबारे कस्तो छ व्यवस्था संसद पुगेको प्रहरी विधेयकमा?



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा तल्लो तहका कर्मचारीहरुलाई १६ वर्षमा पेन्सन दिने प्रावधानसहितको प्रहरी विधेयक संसदमा पुगेको छ ।

गृह मन्त्रालयले संसदमा दर्ताका लागि मंगलबार पेश गरेको हो ।

विधेयकमा प्रहरी सहायक निरिक्षक (असई) भन्दा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनसम्बन्धि प्रावधान समावेश छ ।

प्रस्तावित विधेयकको दफा ५७ (ग) मा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीले न्यूनतम १६ वर्ष सेवा अवधि पुगेमा पेन्सन पाउने उल्लेख छ ।

साथै विधेयकमा ३० वर्षे सेवा हद नराख्ने तथा आइजिपीको अवकाशको उमेर हद ६० वर्ष बनाउनेसमेत उल्लेख छ ।