१० लाख डोज कोरोना भ्याक्सिन आइपुग्यो काठमाडाैं

काठमाडाैं – सरकारले भारतको खोप निर्माता कम्पनी सेरम इन्स्चिट्युटसँग किनेको कोरोनाभाइरस विरूद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ।

आइतबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर इन्डियाको विमान १० लाख डोज खोपसहित अवतरण भएको हो। यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो।

आइतबार आइपुगेको खोप टेकुस्थित कोल्डरूममा भण्डारण गरी फागुन २३ गतेदेखि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले सेरम इन्स्चिट्युटसँग फेब्रुअरी १७मा २० लाख डोज खरिद गर्ने सम्झौता गरेको थियो। त्यसमध्ये १० लाख डोज आइतबार आइपुगेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *