नवलपुरको विनयीत्रिवेणीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी । पूर्वी नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा शुक्रबार बाघको आक्रमणबाट स्थानीय ६३ वर्षका जीतबहादुर थिङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दिउँसो तिनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका थिङलाई बाघले आक्रमण गरेको हो ।

उनीसँगै गएका अर्का स्थानीय एक व्यक्ति रुखमा चढेर बाँचेको प्रहरीले जनाएको छ ।

ती व्यक्ति बाघबाट बच्न रुखमा चढेका प्रहरीले बताएकाे छ । प्रहरीले उनको परिचय खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *