विश्व क्रिकेटको दोस्रो बरियतामा दीपेन्द्रसिंह ऐरी, को-को छन् टप टेनमा ?

काठमाडौं । नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी—२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले बिहीबार सार्वजनिक गरेको वरीयतामा उनले चार स्थान छलाङ मारेका हुन्। यसअघि उनी छैटौं स्थानमा थिए।

अलराउन्डर वरीयताको शीर्षस्थानमा इङ्ल्याण्डका लियान लिभिङ्स्टोन छन् भने तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कुस स्टोइनिस र चौथोमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् ।

त्यस्तै पाँचौं स्थानमा श्रीलंकाका वानिन्दु हसारंगा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *