इन्स्पेक्टर विनुलाई निलम्बनको सिफारिस



काठमाडौं । प्रहरी निरिक्षक (इन्स्पेक्टर) विनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।

आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर शाहीलाई ललितपुर प्रहरी परिसरले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई निलम्बनका लागि सिफारिस गरेको हो ।

जिल्ला प्रहरी प्रमुख शेखर खनालले प्रारम्भिक अनुसन्धानमा अनियमितता देखिएको जनाउँदै शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको जनाइएको छ ।

उनले बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप छ । उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पटक—पटक विवादमा तानिइरहने शाही यसअघि तल्ला तहको एक प्रहरीलाई अनावश्यक कारबाही गरेको आरोप पनि लागेको थियो ।