थुनामुक्त हुने भएनन् दुर्गा प्रसाईं, कारण देखाउ आदेश जारी



काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार  पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले आइतबार नै उनीमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । पक्राउ परेकै दिन वीर अस्पताल भर्ना भएका प्रसाईलाई साइबर ब्युरोले सोमबार अस्पतालबाट लगेर बयान लिएको थियो । प्रसाईं अहिले अस्वस्थ रहेको भन्दै अस्पतालमा छन् ।