सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुँदै



काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ ।

मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिए । सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो । चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो ।