मध्यरातमा ताप्लेजुङ केन्द्रबिन्दु भइ ४.६ म्याग्निच्युडको भूकम्प, संखुवासभा र पाँचथरमा समेत धक्का महसुस
काठमाडौं । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको ताप्लेजुङ, संखुवासभा, पाँचथरलगायतका जिल्लामा समेत धक्का महसुस गरिएको थियो ।
भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।