तनहुँ दुर्घटना अपडेटः ८० जनाको सशस्त्रको टिम खटियो उद्धारमा, सेनाको हेलिकोप्टरबाट घाइतेलाई काठमाडाैं ल्याइँदै



काठमाडौं । तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएपछि  सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको

फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटना स्थल अप्ठ्यारो भीर भएका कारण घाइते र मृतक उद्धार डोरीको सहायताले सुरू गरिएको छ ।

अहिलेसम्म १४ यात्रुको शव भेटिएको जनाइएको छ भने १६ जना घाइते भएका छन् । घाइतेहरूलाइ सेनाको हेलिकोप्टरबाट काठमाडाैं ल्याउने तयारी गरिएको छ ।