यस्तो बन्यो प्रधानमन्त्री केपी शर्मा ओलीको २२ सदस्यीय मन्त्रिपरिषद् (कार्यविभाजनसहित)

काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा जाने मन्त्रीहरुले शपथ लिएका छन् ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २१ जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।

नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएको थियो ।

गत असार १७ गते बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले अहिले शपथ लिइसकेका छन् ।

यी हुन् ओली सरकारमा जाने २१ जना मन्त्रीहरुः
नेपाली कांग्रेस
१. प्रकाशमान सिंह– सहरी विकास
२.रमेश लेखक– गृह
३.आरजु राणा– परराष्ट्र
४.तेजुलाल चौधरी– युवा तथा खेलकुद
५.अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला
६.दीपक खड्का– ऊर्जा
७.ऐनबहादुर शाही– वन तथा वातावरण
८.प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या
९.बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१०.रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी

एमाले
१.विष्णु पौडेल– अर्थ
२.पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि
३.राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
४.विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि
५.देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
६.बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
७.दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति
८.मानवीर राई– रक्षा

जसपा
१.प्रदीप यादव– खानेपानी
२.नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपा
१.शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *