प्रधानमन्त्री ओलीको सपथ आज

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) पद तथा गोपनीयताको शपथ लिँदै छन्। बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्। ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन्।

७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो ।

सोही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन्। सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *