डिएसपी रिजालको कमाण्डमा वीरगञ्ज सीमा सुरक्षा गुल्म, ३ महिनामै ९ करोडको अवैध सामाग्री बरामद



बिरगंज – बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्मले राजश्व संकलन (अबैध सामान बरामद) गर्न उत्कृष्ट कार्य गरेको छ ।

गुल्म प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले बिरगंज भन्सार एरियाबाट मात्र तिनमहिना २० दिनको अवधिमा झण्डै ९ करोड बराबरको तस्करीको माध्यमले भित्र्याइएको अबैध सामान बरामद गरेको हो ।

प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरि भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसपी सशी पाण्डेले बताएका छन् ।

डिएसपी रिजालको नेतृत्वमा गुल्मले तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख  ३४ हजार ९९३ रुपैया मूल्य बराबरको तस्करीका मालसमान  बरामद गरि भन्सार बुझाएको छ ।

चैत महिनामा  एक करोड ४७ लाख ६२ हजार ८९३ रुपैया, गत बैशाख महिनामा दुई करोड ६३ लाख एक हजार ८८२  ,जेष्ठ महिनामा दुइ करोड ४१ हजार २ ८९ रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको उनले बताएका छन।

त्यसैगरी असार महिनाको आज २७ गते समाचार तयार पार्दासम्म दुई करोड ६२ लाख ५९ हजार ९१९ रुपैया बराबरको अबैध तस्करीका समान बरामद गरि  भन्सार कार्यालयमा बुझाएको छ।

सोही अवधिमा २० किलो गाँजा, बिभिन्न किसिमका लागुऔषध कारोवारी, हुण्डी कारोवारी तथा तस्करीमा संलग्न महिला पुरुष गरी १५ जना मानिसलाई नियन्त्रमा लिएर आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको डिएसपी रिजालले जानकारी दिएका छन्।