एमाले अध्यक्ष ओलीको सुरक्षार्थ खटिएका सशस्त्र इन्स्पेक्टर थापाको निधन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओको निधन भएको छ।

सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।

उनी शुक्रबार ड्युटी सकेर घर फर्किएका थिए। खाना खाएर सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका हुन्।

उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनी ओलीको सुरक्षार्थ खटिने प्रमुख हुन्।