निलम्बित महामन्त्री डा. मुकुल प्रतिवेदनः ‘पार्टी सभापति भेट्नभन्दा नरेन्द्र मोदी भेट्न सजिलो’ (पूर्णपाठ)



काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई भेट्न भन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो भएको जनाएका छन् ।

डा. ढकालको समीक्षा यात्राको प्रतिवेदनको बुँदा नम्बर ५ को (ञ) को तेस्रो नम्बरमा ढकालले उक्त विषय उल्लेख गरेका हुन् । उनले लेखेका छन्, ‘सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ ।’

ढकालको पार्टी पैसावालाहरुको कब्जामा गएको समेत ठहर छ ।

ढकालले यो प्रतिवेदन असार १२ मा सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई बुधबार राति रास्वपा केन्द्रीय समितिले महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ ।

पूर्णपाठः