आजको राशिः कर्कटको योजनामा अवराेध देखिँदा अन्यको दिन कस्तो ?

काठमाडौं । आज २०८१ साल असार १२ गते बुधबार तदनुसार सन् २०२४ जुन २६ तारिख। असार कृष्ण पक्षको पञ्चमी तिथि। कुम्भका चन्द्रमा। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन शुभ छ। योजना सफल बन्नेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नाम र दाम मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सोचेको काम बन्नेछ।

वृष : पैतृक सम्पत्ति प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पुरानो साथीसँगको भेटले दिन रमाइलोसँग बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ।

मिथुन : शेयर कारोबारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। दोहोरो कुराले परिवारमा भने मनमुटाव हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम रहेको छ।

कर्कट : योजनामा अवरोध हुने देखिन्छ। परिवारले विश्वास नगर्दा दुःखी बन्नुपर्ने हुनसक्छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ।

सिंह : समय राम्रो छ। राजनीतिमा अवसर प्राप्त हुनेछ। बौद्धिक क्षेत्रबाट राम्रो उन्नति हुनेछ। योजना सफल हुनेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : अप्रिय समाचारले दुःखी बनाउने छ। दिउँसोपछि व्यापारमा प्रगति हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सोचेको भन्दा फरक नतिजा प्राप्त हुनसक्छ। साथीको सहयोगले बनाएको योजना प्रभावकारी बन्नेछ।

तुला : बलले भन्दा बुद्धिले काम सफल पार्नुपर्ने दिन छ। प्राविधिक शिक्षामा तपाईंको काम बन्नेछ। परोपकारी संस्थाले साथ दिनेछन्। व्यापार व्यवसायमा सफलता मिल्नेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ।

वृश्चिक : अरुको रमझममा भुल्नाले समय खेर जानेछ। तपाईंले सामाजिक क्षेत्रमा गरेको लगानीको प्रयासबाट उत्साह थपिनेछ। कामको चाप बढ्नेछ। परिवारलाई समय दिन नसक्दा समस्या हुने जोखिम रहेको छ।

धनु : समय रमाइलो छ। नयाँ ठाउँको यात्रा हुनेछ। समय रमाइलो छ। खराब संगतमा नलाग्नु राम्रो हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

मकर : समय अप्ठेरो भए पनि शुभ ग्रहको बहुमत भएकाले व्यापारमा नाफा हुनेछ। साथीभाइ अनुकुल छन्। खानपानमा ध्यान दिनु आवश्यक देखिन्छ। परिवारको साथ प्राप्त हुनेछ।

कुम्भ : दिन रमाइलो छ। ग्रहमण्डल अनुकुल छन्। तपाईंका अधुरा काम सञ्चालन हुनेछन्। प्रतिस्पर्धा गर्नेहरु शान्त छन्। सामाजिक सम्मान बढ्नेछ। परिवारमा एकताको भावले दिन रमाइलो बन्नेछ।

मीन : सञ्चित धन खर्च हुने योग छ। आयभन्दा व्याय बढेर मनलाई उदास बनाउनसक्छ। साढेसातको सुरुवात छ। जसले गर्दा मन अशान्त हुनेछ। सानो काममा ठुलो झन्झट आइपर्न सक्छ। धार्मिक कार्यमा संलग्न भएमा मन शान्त हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *