बाख्रा चराउन गएका थापाको रूखले च्यापेर मृत्यु

नवलपुर । नवलपुरमा आएको हावाहुरीसहितको पानीले रुख ढल्दा रुखले च्यापिएर एकजनाको मृत्यु  भएको छ ।

मध्यविन्दु नगरपालिका– १२ ज्वाइथरनिवासी ६९ वर्षीय चित्रबहादुर थापाको आज बिहान रुखले च्यापिएर घटनास्थलमै मृत्यु  भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको मध्यविन्दु– १२ ठूलोपोखरी सामुदायिक वनमा बाख्रा चराउन गएका थापाको रुखले च्यापिएर मृत्यु  भएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *