आजको राशिः मीनलाई झुटा आरोप लाग्दा अन्यको दिन कस्तो ?

काठमाडौं । आज २०८१ साल जेठ २० गते आइतबार तदनुसार सन् २०२४ जुन २ तारिख। जेठ कृष्ण पक्षको दशमी उपरान्त एकादशी तिथि। चित्तधर हृदय जन्मजयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : खर्च बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

वृष : दिन रमाइलो छ। लगानी अनुसारको आम्दानी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ। परिवारिक मेलमिलापको दिन रहेको छ।

मिथुन : आज कर्म क्षेत्रबाट अगाडि बढ्ने समय हो। पैतृक सम्पत्ति र पितृको आशिर्वाद लिएर गरेको लगानीबाट फाइदा मिल्नेछ। शिक्षामा सफल, स्वास्थ्यमा सुधार हुनेछ। महत्वपूर्ण काम गर्नु अगाडि गोप्यता कायम गर्नु उपयुक्त हुन्छ। पारिवारिक दुरी बढ्नेछ।

कर्कट : पठनपाठनमा मन जानेछ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले निरन्तर साथ दिनेछन्।

सिंह : संघर्षपूर्ण दिन छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ।

कन्या : दिन रमाइलो छ। साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

तुला : तपाईंले गरेको कामको क्रेडिट अरुले लिने खतरा देखिन्छ। अरुको सहयोग गर्न लाग्दा आफूलाई घाटा हुने देखिन्छ। कुनै पनि काम गर्नु अगाडि परिवारसँग छलफल गर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा भने लफडा हुने देखिन्छ।

वृश्चिक : आफ्नै साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। सहयोग गर्ने भन्दा तपाईंको कमजोरी खोज्ने साथी सक्रिय देखिन्छन्। न्यायपूर्वक गरेको श्रमको उचित मूल्यांकन हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : काम गर्दागर्दै अचानक संकट आइपर्न सक्छ। पुरानो कुराले मनमा पश्चाताप हुनेछ। थोरै बोलेर जित्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीतर्फ मन जानेछ। अचानक रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

मकर : आज तपाईंको जित निश्चित छ। खेल क्षेत्रमा हुनुहुन्छ भने विजय प्राप्त हुनेछ। समाजका बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

कुम्भ : धनको दुःख नभए पनि साथीभाइको साथ गुम्दै जाने खतरा देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारलेसमेत शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्छ।

मीन : बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। बोलीको प्रभावले काम बन्नेछन्। झुटा आरोप लाग्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। साढेसातको दशा भएकाले समय अप्ठेरो देखिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *