न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का

काठमाडाैं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त रहेको अध्यक्ष पदमा संगीता खड्का नियुक्त भएकी छन्।

मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले खड्कालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै मन्त्री शर्माले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो सहायता स्वीकार गर्ने निर्णय गरेको शर्माले जानकारी दिइन्।

नेपाल प्रशासन सेवा समूहीकरण सेवा अन्तर्गत् राजपत्रांकित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा भएका छन्। उनी अहिले मधेस प्रदेशको कायममुकाय सचिव छन्।

त्यस्तै नेपाल कृषि तथा वन सेवा समूहीकरण अन्तर्गत् राजपत्रांकित विशिष्ट श्रेणीको पदमा राजेन्द्र प्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *