केरूङ नाका हुँदै भित्र्याइएको करिब १४ लाखको सुनसहित २ पक्राउ



काठमाडौं । रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको सुनसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रसुवाको केरुङ नाका हुदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेशको गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको विशेष अनुसन्धान टोलीले सुनसरी ईटहरी उ.मा.न.पा.वडा न ११ का सुदीप विक र गोरखाका गोरखा चुमनुब्री गा.पा. वडा न ६ का सोनाम दोर्जे लामालाइ पक्राउ गरेको हो ।

उनीहरूलाइ सोमबार साँझ काठमाडौं -१८ नरदेवीबाट भन्सार छलि चोरी पौठारी गरी ल्याईएको पहेलो रंगको धातुको टुक्रा १ थान (अन्दाजी १२८।७ ग्राम) बजार भाउ अनुसार प्रति १० ग्राम को मुल्य रु १,०८,६२५।- (अनुसार जम्मा १३,९१,१६०।-) पर्ने बरामद गरी निम्न मानिसहरु लाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागी  त्रिभुवन अन्तराट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।