प्रेमिकाको हत्या गरी फरार प्रेमी झुन्डिएको अवस्थामा फेला

विराटनगर । विराटनगरको नोबेल अस्पतालकी नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन्।

स्टाफनर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी शिवशंकर दास नोबेल अस्पतालअगाडि एक होटलको कोठामा गएराति उनी झुण्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

सिराहकी चन्द्रिकाकुमारी विराटनगर–४ स्थित एक घरको बाथरुममा हत्या गरेको अवस्थामा शव भेटिएको थियो । चन्द्रिकाको हत्यापछि फरार शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा शव भेटिएको एसपी कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *