भोजपुर आउँदै जिप भीरबाट खस्दा चालकसहित ६ को मृत्यु



भोजपुर । धरानबाट घोरेटार आउँदै गरेको  बाेलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

को. १ ज २५९३ नम्बरको उक्त बोलेरो जीप उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।

बाेलेरोमा १४ जना सवार थिए ।  दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय गरी  प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुदिपराज पाठकले बताए ।

दुर्घटनामा चालक र बाँकी ५ यात्रुको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

घटनास्थलमा उद्धारको कार्यभइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।