वैदेशिक रोजगार विभागका लेखापाल घुससहित पक्राउ



काठमाडौं । वैदेशिक रोजगार विभागका लेखापाल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागमा कार्यरत लेखापाल (नायब सुब्बा) प्रमोद निरौला सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

आयोगको टोलीले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको ७१ हजार ६२० रुपैयाँसहित उनको कार्यकक्षबाटै मंगलबार नियन्त्रणमा लिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।