कुशल र सन्दीपको अर्धशतकका मद्दतले नेपालले दियो १९९ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी९पिएनजी० लाई १सय ९९ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पिएनजीविरुद्ध १९९ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । कुशलले ५९ रन बनाए भने सन्दीप ५६ रनमा आउट भएका थिए ।

त्यस्तै नेपालका लागि विनोद भण्डारीले २७ रन बनाउँदा विवेक यादवले ४ बलमा १९ रन बनाए । त्यस्तै गुल्सन झाले १५ रन बनाउँदा लोकेश बमले १४ रन बनाए ।