भर्‍याङबाट लडेर सहायक प्रहरी हवल्दार सिंहको मृत्यु



सर्लाही । सर्लाहीको बलरा नगरपालिका वडा न. १० सुदामाका स्थायी वासिन्दा सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंहको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय बोदे बरसाईन, सप्तरीमा कार्यरत ३३ वर्षीय सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंहको छतको भर्‍याङबाट लडेर बुधबार बिहान मृत्यु भएको जनाइएको छ ।